भक्तपुरका भूकम्प प्रभावितलाई नगद वितरण

नगरकोट, ११ कात्तिक । भक्तपुर जिल्लाको साविक चाँगुनारायण नगरपालिका–१ र नगरकोट नगरपालिका–५ का ३५९ भूकम्प प्रभावित परिवारलाई आयआर्जनका लागि नगद वितरण गरिएको छ ।

वडा नं १ मा दोस्रो किस्तास्वरुप र वडा नं ५ मा पहिलो किस्तास्वरुप शुक्रबार रु ३५ लाख ९० हजार वितरण गरिएको नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको समन्वयमा तोकिएका क्षेत्रमा रेडक्रश शाखा भक्तपुरले भूकम्प प्रतिकार्य कार्यक्रममार्फत आयआर्जनका लागि भूकम्प प्रभावित परिवारलाई दुई किस्तामा गरी प्रतिपरिवार रु २० हजारका दरले वितरण गरिएको हो ।

नगद प्राप्त गर्ने भूकम्प प्रभावितले आलुलगायतका तरकारीखेती, बाख्रापालन एवं साना पसलमा लगानी गरी आफ्नो आयस्तर बढाउने काम गरिरहेको भक्तपुर रेडक्रशले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com