सहमतिको प्रयास असफल, प्रदेश ४ को मुख्यमन्त्री पनि चुनावबाटै छिनोफानो हुने

काठमाडौ२८ माघ । प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ

दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भए पनि प्रदेश ४ मा भने दुवैजना संस्थापन पक्षकै नेताबीच चुनाव हुन लागेको हो ।

सहमतिको सम्भावना नरहेकाले निर्वाचनबाट छिनोफानो हुने दलको नेताका प्रत्याशी किरण गुरुङले बताए ।

प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । त्यसमध्ये एकजना बाहेक सबै संस्थापन पक्षका हुन् । दुवै नेताले आफू जित्ने दावी गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com