प्रदेश ४ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौ, २६ माघ । एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने भएका छन् । स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङ सहमतिमा पछि हटेपछि एमाले सचिव गुरुङ मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

प्रदेशसभा सदस्यहरूको शपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका छन् । गुरुङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए । नेता चयन गर्न आइतबारलाई समय तोकिएको थियो ।

तर, हालसम्म सचिव गुरुङको मात्रै उम्मेदवारी परेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरले पोखराबाट बताए । उनका अनुसार सचिव गुरुङलाई बनाउने अन्तिम सहमति जुटाइन्दैछ । एमाले संसदीय दलको बैठक बसेर सचिव गुरुङलाई दलको नेता चयन गर्ने तयारी रहेको उनले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com