ट्रम्प–किम वार्ताका लागि सिंगापुर : आणविक हतियारका विषयमा विशेष छलफल

जेष्ठ २८, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ आणविक हतियारका विषयमा छलफल गर्नको निम्ती शिखर वार्ताका लागि सिंगापुर पुगेका छन् ।

दुई देशका नेताविचको वार्ताको निम्ती सिंगापरले आफ्नो देशको विज्ञापन हुने भन्दै करिव सरकारले २० मिलियन सिंगापुर डलर खर्च गर्ने भएको छ । यो नेपाली रुपैया १ अर्ब ६० करोडभन्दा बढी हुन्छ । यसको आधा रकम सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ ।

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले अन्तर्राष्ट्रिय सुरक्षा प्रयासका लागि यो रकम खर्चिन उचित भएको प्रतिकृया दिएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com