नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मानका साथ सहयोग : राष्ट्रपति सि

असार ६, वेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ताका क्रममा चिनीया राष्ट्रपति सि.ले नेपालको सार्वभौमसत्ता, तथा अखण्डतालाई सम्मान गर्दै विकास निमार्णका निम्ती नेपाललाई आवश्यकता अुनसार सहयोग गर्ने बताएका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ् पिपलमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई स्तान्तरण गरेका छन् । राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो ।

नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै राष्ट्रपति सिले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गर्दै असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको र आगामि दिनमा पनि निरन्तर रहने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उनले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताउँदै असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com