चीनको औद्योगिक पार्कमा विष्फोट : १९ जनाको मृत्यु, १२ घाइते

असार २९, एजेन्सी । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको जनाएका छन् । तर विस्फोट के कारणले भयो भन्नेबारे भने केही पनि खुलाइएको छैन । विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा फैलिएको धुँवाको तस्वीरहरु चीनको सामाजिक सञ्जालमा राखिएको बीबीसीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com