नेपाली काग्रेसको विवाद उत्कर्षमा : पौडेल – सिटौला समूहले बोलायो भेला

असार ३१, काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेल-कृष्ण सिटौला समूहविच विवाद उत्कर्षमा पुुगेसँगै पौडेल तथा सिटौला समुहले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ ।

भेलामा देउवा इतर समूहका सबै केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । भेलामा पौडेलसँगै नेताहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी लगायत पनि हुनेछन् । पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवासँग मिलेको आरोप लागिरहेका बेला पौडेल आफैंले भेला बोलाएका हुन् ।

नेताहरुका अनुसार पार्टी सभापति देउवाले साउन २ मा शीर्ष नेताहरुको बैठक बोलाएका छन् । यो बैठकमा महासमिति बैठकको मिति, विधान मस्यौदा समिति गठन र पार्टीका विभागहरुलाई पूर्णता दिने लगायतका एजेण्डा रहेको छ ।

पौडेलले आफूलाई बदनाम गर्ने योजनाअनुसार नै देउवासँग मिलेको खबर फैलाइएको हुन सक्ने आशंका गरेका छन् । देउवाले आफूसँग एक्लै भेट्न खोजेको तर, आफू टिमसहित गएको र समूहमा टिममा भएको छलफल अनुसार नै आफूले एजेण्डाहरु राखेको पौडेलले स्पष्टीकरण दिएको एक नेताले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com