माइतीघरमा नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप : सभापति महर सहित दर्जन घाइते

साउन १, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि माइतीघरमा प्रहरीले हस्तक्षेप गर्द संघका सभापति नैन सिंह महर सहित एक दर्जन कार्यकर्ता घाइते भएका छन् ।

माइतीघरमा प्रहरीले बनाएको बार तोडेर वानेश्वरतर्फ जान लाग्दा प्रहरीले लाठी चार्ज गरी भीडलाई तिरतबितर पारेको थियो । झडपमा परी समापति महर, उपसभापति पुष्पकुमार शाही, महामन्त्री आनन्दराज त्रिपाठी, मनिष ऐर, विपिन कटुवाल, शुसान्त सिटौला लगायत एक दर्जन कार्यकर्ता घाइते भएका हुन । घाइतेको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।

नेविसंघले जुम्लामा आमरण अनसनरत डा‍। गोविन्द केसीको जीवन रक्षाको पनि माग गरेको छ । त्यस्तै सरकार कम्युनिस्ट सर्वसत्तावाद लागू गर्नेतर्फ अघि बढेकाले विरोध प्रदर्शन गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com