तुइन विस्थापनमा गायिक आनी शेर्पाको एक करोड सहयोग

साउन ३, काठमाडौँ ।  चर्चित गायिका आनी छोइङ डोल्मा शेर्पाले तुइन विस्थापनका लागि एक करोड सहयोग गरेकी छिन् ।

नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रममा गायिका शेर्पाले एक करोड रकम हस्तान्तरण गरेकी हुन् । उनले सहयोग गरेको रकमले एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सके तुइन विस्थापनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरेकी छिन  ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थपेर तुइन विस्थापन कोष स्थापना गर्ने र अबको एक वर्षमा सबै तुइन   विस्थापित भैसक्ने बताए  ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गरेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com