भक्तपुरमा स्कुल बस दुर्घटना : ५८ जना घाइते, पाँचको अवस्था चिन्ताजनक

साउन ३, भक्तपुर । भक्तपुरको ठिमीमा स्कुल बस दुर्घटना हुँदा ५८ जना घाइते भएका छन् भने पाँचको अवस्था गम्भीर रहेको छ ।

काठमाडौंको मूलपानीबाट क्रिश्चियन कम्युनिटी स्कुलको विद्यार्थी लिएर भक्तपुरतर्फ जाँदै गरेको बा २ क ९२५० नम्बरको बस दुर्घटना भएको हो ।

घाइतेमध्ये ४१ जनाको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । भने १७ जनाको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते भएका पाँच जनाको मध्यपुर थिमीको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कारणले भयो भन्ने केही खेलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com