नेपालमा गरिबी निवारण : चुनौती र सम्भावना

नेपाल अल्पविकसित मुलुक हो । यहाँका अधिकांश जनताहरु गरिबीको रेखामुनी बाच्न बाध्य छन । नेपाल प्राकृतिक, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा धनि भएर पनि गरबी हुनु बिडम्बना बनेको छ । यहाँका प्राकृतिक स्रोतहरुको सहि सदुपयोग र उचित व्यवस्थापन नहुदा आज नेपालले यो गरिबीको चरम अवस्था व्यहोर्नु परेको छ । विकास र सम्वृद्दिका हजारौ सम्भावना हुँदा हुँदै पनि बाध्यताका कारण नेपाल र नेपालीले आज यस्तो गरिबीको दुष्चक्रमा फस्नु परेको छ ।

विश्वमा प्राकृतिक स्रोतहरुको अभाव भएका मुलुकहरु छोटो समयमा धेरै धनि र सम्वृद्द भएका छन् तर नेपालको घरेलु राजनीतिक, आर्थिक समस्याले गर्दा गरिबीको दलदलबाट माथि उठ्न सकेका छैनौ । प्रतिष्ठापुर्वक बाच्नुपर्ने बाध्यता आदि सबैले नागरिक हक अधिकारको संज्ञा दिने हुँदा यस्तो समस्या आइपरेको हो । देशमा गरिबी निवारण सम्बन्धी नीति तथा कार्यक्रमहरु बनेपनि तिनको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।

देशको बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार आदिले गरिबहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । समय परिवेश अनुसार गरिबीको परिभाषा समेत परिवर्तन भएको छ । कतिपय मानिसहरु हिजो आज उपयोगबादी दृष्टिकोणबाट पनि गरिबीलाइ हेर्नु पर्दछ भन्दछन । गरिबी अन्तर्गत मानवविकास सूचकहरु समावेश गरिन थालेको छ । साक्षरता दर, प्राथमिक स्कुल भर्ना दर, शिशु मृत्युदर, औषत आयु खानेपानी, आवासिय सेवाहरु सार्वजनिक सेवा उपभोगका पहुँच आदि समेत यसका बिषय बनेका छन ।

नेपालको बिगतको इतिहास हेर्दा शाहकालीन, राणाकालीन समयदेखि नै नेपाली जनताहरु शासकहरुको इच्या अनुकुल चल्नुपर्ने र स्वतन्त्रताको अपहरण भएकोले जनताले चाहेको विकास र राज्यका अवसरहरुमा समावेश हुन पाएनन् जसले गर्दा नेपाली जनताको सम्वृद्धिको चाहना गर्भटुहुरो बन्न पुग्यो ।

दक्षिण एसियाली मुलुकहरुमा नेपाल गरिबीको मापदण्ड अनुसार समेत पछाडी देखिन्छ । श्रीलङका मालदिभ्स, भुटान, भारत जस्ता देशहरु नेपाल भन्दा समृद्ध जीवन बाचिरहेका छन । नेपालमा गरिबी निबारणका थुप्रै प्रयासहरु नभएका होइनन् तथापी तिनको कार्यन्वयन र व्यवस्थापन सफलताका साथ हुन सकेन ।

गरिबी निवारणलाइ सहयोग पु¥याउन २००९ सालमा त्रिभवन ग्राम विकास कार्यक्रम लागु भयो । २०१८ सालमा एकिकृत ग्रामिण विकास परियोजनाहरु कार्यन्वयनमा आए । यसले केही हदसम्म शिक्षा र यातायातको विकासमा योगदान पुगेको पाइन्छ । २०२१ सालमा भुमिसुधार कार्यक्रम लागु भयो तर उदेश्य अनुरुप लागुहुन सकेन । २०२९ सालमा देशलाइ चार विकास क्षेत्रमा विभाजन गरि क्षत्रिय सन्तुलनको अवधारणा अघि सारियो । २०५१ सालमा आफ्नो गाउँ आफै बनाउँ, २०५३ सालमा ग्रामिण स्वबलम्बन कार्यक्रम समेत आए । तर यिनले समेत काम गर्न सकेनन् । २०५५ सालमा स्थानिय स्वायत्त शासन, २०५७ मा गरिब सग विश्वेश्वर जस्ता कार्यक्रम आए ।

दसौं पञ्चबर्षिय योजना लाई गरिबी निवारण राजनीतिक दस्ताबेजका रुपमा लागु गरियो । यो समेत प्रभावकारी बन्न सकेन तत्पश्चात हालसम्म चालु आवधिक योजना र बजेटमा गरिबी निवारण सम्बन्धी विविध कार्यक्रमहरु संचालित भएका छन । तथापि गरिबी भने २८।६ प्रतिशतमा अडिग छ । नेपाल भौगोलिक विविधतायुक्त राष्ट्र हो । यहाँ आर्थिक विकासमा प्रचुर सम्भावनाहरु छन । जसको प्रयोग र उपयोगले मात्र पनि गरिबी न्युनिकरणमा सघाउ पुग्दछ । त्यसैगरी उद्योग, व्यापार, पर्यटन, कृषि जस्ता क्षेत्रबाट लाभ लिन सकिने र त्यस मार्फत गरिबी निवारणमा सघाउ पुग्ने अवस्था देखिन्छ ।

नेपालको उद्योगधन्दाहरुको विकास गर्न नसकिनु, राजनीतिक संक्रमणलाइ अन्त्य गर्नु, पर्यटन प्रवद्र्धन गर्नु जनताको जीवनस्तरमा सुधार ल्याउनु र स्वास्थ्य सुविधा प्रदान गर्नु, शिक्षाको विकास गर्नु, शासकिय सुधार गर्नु मुख्य चुनौतिका रुपमा रहेपनि ती चुनौतिहरुको दीर्घकालीन समाधान खोजी गरिबीको यो दुष्चक्रबाट मुक्ति पाउन सकिन्छ । देशलाइ गरिबीबाट मुक्त गर्न कृषि क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने देखिन्छ । ७४ प्रतिशत कृषि पेशामा रहेका मानिसहरुको पेशालाइ दिर्घकालीन रुपमा वैज्ञानिक खास अनुसन्धान गरि रोजगारको मुख्य स्रोतको रुपमा उपयोग गर्न सकिन्छ ।

औद्यौगिक विकासका माध्यमबाट रोजगारी र उत्पादन बढाई गरिबी निवारणको सम्भावना प्रसस्त देखिन्छ । अर्को महत्वपूर्ण क्षेत्र पर्यटन हो । नेपालको पर्यटन विश्वकै उत्कृष्ट मानिन्छ । यहाँको प्राकृतिक, धार्मिक सांस्कृतिक सम्भावनाहरु गरिबी निवारणको अर्को महत्वपुर्ण स्रोत बन्ने सम्भावना रहेको छ । त्यस्तै नेपाल जलस्रोतको विश्वकै दोस्रो मुलुक हो । जलस्रोतको माध्यमबाट जलविद्युत उत्पादन गर्न सकियो भने मात्र नेपाल विकसित मुलुकको सुचिमा पर्न धेरै समय लाग्दैन देश समृद्धको र गरिबी निवारणको लागि शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा शासकिय सुधार, भ्रष्ट्राचार अन्त्य गरि देशलाइ समृद्ध बनाउन सकिन्छ ।

नेपालमा विकासको प्रचुर सम्भावना हुँदाहुदैपनि कुसल व्यवस्थापन, दिर्घकालीन सुझबुझ भएका नेतृत्व तह र इच्छाशक्ति भएमा जनताको अभाव खड्कीरहेको बर्तमान परिवेश बाट मुक्त हुनु आजको आवश्यकता हो ।

मनोज अधिकारी 
अध्यक्ष अनेरास्ववियु धनकुटा-काठमाडौं सम्पर्क कमिटी

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com