समान अवसर, सामाजिक सद्भावसहित समृद्धि : सभामुख महरा

कार्तिक २, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सबै नेपालीका लागि समान अवसर प्राप्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।

नेपालीहरुको महाच चाड विजया दशमीको शुभकामना व्यक्त गर्दै सभामुख महराले चाडपर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिकको विकास र विस्तारमा थप टेवा पुग्ने बताउनुभएको छ ।

उहाँले शारदीय पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुस्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com