भक्तपुरको हाइवे फोहोर निषेधित बन्नेः महेश बस्नेत सडक बढादै

भक्तपुर, १९मङ्सिर । अरनिको हाईवे सफाई अभियान भक्तपुरमा तीन ठाउँबाट हुने भएको छ । जडिबुटी देखी राधेराधे, राधेराधे देखी जगाती र जगाती देखी साँगाचोक सम्म अब सफाई अभियानसंगै अनुगमनमा गाडी र स्थानीय बासीहरुलाई फोहोर नफाल्न आजबाट अनुरगर्ने कार्यक्रम रहेको अभियान्ता रुद्र पौडेलले जानकारी दिनुभयो ।
यसैबीच अनुरोध गनेसम्मको अनुगम नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले व्यक्तिपरक गरिने राजनीति क्षणीक हुने भन्दै राष्ट्र र राष्ट्रियतापरक राजनीति समृद्धिको आधार हुने बताउनुभएको छ । अरनिको राजमार्ग सफाई अभियानमा बोल्दै सांसद बस्नेतले समाजलाई सुधार गर्न सर्वप्रथम आफु परिवर्तन हुने पर्ने भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठि सामाजिक सेवामा जुट्न सवैलाई आग्रह गर्नुभयो । उहाँको नेतृत्वमा भइरहेको उक्त दुवै अभियानमा आफै कुचो बोकी सफाईमा हरेक दिन जनतासँग एकाकार गर्दै आइरहनुभएको छ । उहाँलले जनताका समस्या, गुनासो लगायतका कुराहरु पनि आफ्नो कामसँग सँगै सुन्ने र समस्याको समाधान गर्दै आइरहनुभएको छ ।

विरोधका नाममा राजनीति गर्नुको कुनै अर्थ नभएको बताउँदै विकास निर्माणमा सवै राजनैतिक दल, संघसंस्था, जनप्रतिनिधि तथा जनता एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणको प्रकृयामा रहेका विकासका कार्यहरुलाई कसैले पनि अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ । जनताको भाग्य र भविष्यसँग जोडिएका कुनैपनि विकासका कार्यलाई विरोध गर्नु जनताको भाग्यमाथि नै खेलवाड हुने भएकाले सके आफ्नो नेतृत्वमा विकास गर्ने नसके अरुले गरेको विकासका गतिविधिलाई विरोध नगरी साथ र सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।

सांसद बस्नेतले भन्नुहुन्छ, ‘जनताले मलाई जिताएर पठाएका, केवल कुरा गर्न वा निष्क्रिय भएर बस्नका लागि मात्र होइन, व्यवहारिक रुपमा काम गरेर देखाउनको लागि हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com