दिनभर मौसम नखुल्ने, राती केही ठाउँमा हिमपात हुने

काठमाडौँ, १९ मङ्सिर । उपत्यकासहित देशभरको मौसम बद्ली भएसँगै दिनभर मौसम नखुल्ने मौसम विभागले अनुमान गरेको छ भने राती केही ठाउँमा हिमपात हुन सक्ने जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसम विभागले जनाएको छ । आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्ने सम्भावना रहेको बताइएको छ । अबको एक दुई दिनको मौसम यस्तै हुने समेत जनाइएको छ ।

काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com