मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, २० मङ्सिर । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

बुधबार राति बा ९३ प १४१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएर सिन्धुपाल्चोक जुगल गाउँपालिका– ४ का २३ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार २५ वर्षका राजकुमार श्रेष्ठको नागरिक अस्पताल भक्तपुरमा उपचार भैरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com