एसिया प्यासिफिक समिटको विरोध अर्थतन्त्र र पर्यटनमाथिको हमला : प्रम ओली

काठमाडौँ, २० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिया प्यासिफिक समिटको सम्मेलनमा आफ्नो बोलीमा कुनै खोट भए बहस गर्न तयार रहेको बताउँदै एसिया समिटको विरोधले नेपालको अर्थतन्त्र र पर्यटनमाथिको हमला भएको बताउनुभएको छ ।

नेपाल टेलिभिजनबाट बुधबार प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै एसिया प्यासिफिक समिटमा आफूले पाएको पदक जायज भएको बताउनुभयो । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिनुभएको छ । प्रधानमन्त्री ओलीले भने कार्यक्रम धर्म प्रचारसँग सम्बन्धित नभएको बताउनुभयो ।

सरकारकै भत्ता पेन्सन खाने सुविधा लिने र गैरजिम्मेवार ढंगले बोल्ने एउटा र गोपनीयताहरूको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, म अत्यन्त अपमानजनक ढंगले म जवाफ दिइरहन चाहन्नँ तर, उहाँहरूलाई म सोध्नचाहिँ चाहन्छु, म पनि जवाफ दिऊँ ?’

प्रधानमन्त्री ओलीले पाहुनाको धर्म र जात नहेरिने बताउँदै एसिया प्यासिफिक सम्मेलन ठूलो स्केलको सम्मेलन भएको र ४५ देशका मानिसहरु आएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘हामी भिसा चेक गर्दा, आमन्त्रण गर्दा, धर्म हेरेर गर्दैनांै ।’

एसिया प्यासिफिक समिटको एजेण्डा ‘आजका साझा चुनौती र त्यसको समाधान कसरी गर्ने’ भन्ने भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मैले त्यहाँ दुईवटा प्रवचन दिएको छु । त्यसमा कहीँ कतै, कसैको टिप्पणी छ भने नेपालको धारणाको प्रतिनिधित्व प्रधानमन्त्रीले गरेन, प्रधानमन्त्रीको बोलीमा नेपालको बोली आएन, नेपालको संविधानको प्रतिनिधित्व भएन, संस्कृति, परम्पराको प्रतिनिधित्व भएन भन्ने ठाउँ छ रु छ भने बहसका लागि म तयार छु ।’

प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा आफूले पाएको सम्मान नेपाली जनताको सफलताको, नेपाली जनताको बलिदानीपूर्ण संघर्षले पाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘केहीलाई लागेको होला, नबुझिकन वा बंग्याएर गरिएको विरोधसँग तालमेल खाएन । दुनियाँ केही बुझ्दैन, यहाँ मात्र २र४ जनाले देखेको छ भन्ने होइन ।’

उहाँले सम्मेलनमा पर्यटन व्यवसायलाई अगाडि बढाउन, हाम्रो अर्थतन्त्ररव्यवसायलाई अगाडि बढाउन सरकारले गरेको प्रयासलाई बाहिरतिर उछालेर ती प्रयासमाथि हमला गर्ने र असफल बनाउने प्रयास भएकोले सरकारका लागि यो ठीक नभएको बताउनुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com