चाँगुनारायण नगरपालिकाले नगरकोटमा गरेको कर स्थगनको यस्तो छ पाटो

भक्तपुर, २० मङ्सिर । पछिल्लो समय स्थानीय सरकारले कर बढाएको व्यापक विरोध आइरहेको समयमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले पर्यटकिय स्थल नगरकोट जाने पर्यटकलाई लगाउँदै आएको कर स्थगन गरेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि र काभ्रेको मण्डनदेउपुर नगरपालिका असोज २९ गतेदेखि आ–आफ्नो स्थानमा पर्यटकसँग कर लिर्दैं आएका थिए ।

उक्त पर्यटकियस्थल जान पर्यटकले दोहोरो कर तिर्दै आउनुपरेको थियो । फरक–फरक सडक भएर नगरकोट जाने पर्यटकहरुसंग तेलकोट, कलमसी र नगरकोट चोक नजिकै तिन स्थानमा चाँगुनारायण नगरपालिकाले लिदैं आएको प्रवेश शुल्क हाललाई नलिने निर्णय गरेको छ । त्यस्तै चाँगुनारायण मन्दिर जाने पर्यटकसँग भने प्रवेश कर यतावत रहने चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ ।

चाँगुनारायण नगरपालिका नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो ‘नगरपालिकाको बैठकबाट नै हामी २५ गते मंगलबारदेखि कर नलिने निर्णय गरेका छौं ।’

उता मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाइवाले चाँगुनारायण नगरपालिकाको आधिकारीक धारणा आएपछि मात्र अरु निर्णय गरीने जानकारी दिनुभएको छ ।

दुई स्थान कर लागु भएसँगै नगरकोट जाने सार्क राष्ट्रका पर्यकटहरुले ४ सय २६ र बाहिरकाले ६ सय ३९ रुपैयाँ तिदैं आएका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com