शिक्षाशास्त्रको सशक्त बहस आवश्यक

काठमाडौँ, २० मङ्सिर ।  शिक्षाशास्त्र सरोकार समाजले शिक्षाशास्त्रलाई सशक्त बहस आवश्यक रहेको र यसलाई प्रभावकारी बनाउने निर्णय गरेका छन  ।

समाजको बुधावार बसेको प्रथम बैठकले तत्काल सुरु गर्नकालागि हालै बनेको कक्षा ११ र १२ मा शिक्षाशास्त्रका बिषय समायोजन चित्त बुझ्दो नभएकोले त्यसलार्इ तत्काल सच्याउन पाठ्यक्रम विकास केन्द्रलार्इ ध्यानाकर्षण गर्ने र आवश्यक परे त्यसकालागि आन्दोलन गर्ने निर्णय गरेको छ । यस्तै शिक्षाशास्त्रका सरोकारहरुका विषयमा घनिभुत छलफल र बहस गर्दै राज्यका निकायहरु र शिक्षाशास्त्रीहरुबीच विधागत समन्वय स्थापित गर्ने निर्णय गरिएको छ ।

समाजले प्राज्ञिक उन्नयन मार्फत आफ्ना विचारहरु प्रस्तुत गर्न एक अनुसन्धानमूलक पत्रिका प्रकाशन गर्ने समेत निर्णय गरेको छ । बैठकले सम्पूर्ण शिक्षाशास्त्रसँग सरोकार राख्नेहरुलार्इ यस समाजमा आबद्द भर्इ सबैले सहयोग गर्न अपिल पनि गरेको छ ।

समाजका संयोजक जीवन ढुंगानाको अध्यक्षतामा र बरिष्ठ शिक्षाबिद् तथा सल्लाहकारहरु प्रा. डा. बासुदेब काफ्ले, प्रा. डा. गणेश बहादुर सिंह, प्रा. डा. हेमराज ढकाल, सह प्रा. डा. जनार्दन घिमिरे, सह प्रा. डा. पेशल खनाल, र सह प्रा. किरणराम रञ्जितकारको आथित्यतामा सम्पन्न भएको हो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com