मतदान भए प्रदेश ३ को राजधानी काभ्रेमा तोकिने ?

काठमाडौ २० मंसिर। प्रदेशसभामा सहमति नहुने भएपछि प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लगाउन मतदान हुने भएको छ । मतदान प्रक्रियाबाट टुंगो लगाउन राजनीतिक दलबीच सहमति भएको छ। मतदान भए राजधानी सर्ने पक्का देखिन्छ । प्रदेश ३ मा दुईतिहार बहुमत सार्ने पक्षमा छन् । सभामुख सानुकुमार श्रेष्ठले सोमबार प्रदेशसभा सचिवालयमा आयोजना गरेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदानमा लैजाने सहमति भएको एक नेताले जानकारी गराए ।

स्थायी राजधानी सम्भाव्यता अध्ययन समितिले हेटौंडासहित, चितवन, काभ्रे, भक्तपुर र नुवाकोटलाई स्थायी राजधानीका लागि उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेको थियो।

सहमति नभएपछि नियमअनुसार पाँचवटै ठाउँका लागि निर्वाचन हुनेछ । सभामा एक सय नौ सदस्य छन्। । मतदान भए प्रदेशको राजधानी काभ्रे तोकिन सक्ने एक सांसदले बताए । ‘मतदान भयो भने राजधानी सर्ने त निश्चित नै छ’ ती सांसदले भने ‘सांसदको राय र सहभागिता हेर्दा काभ्रेमा तोकिने सम्भावना प्रवल भएको ती नेताले वताए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com