फिड नेपालबाट विद्यार्थीलाई स्कूल व्याग वितरण

फिड नेपाल नामक गैरसरकारी संस्थाले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकास्थित लोहन्सालमा रहेको श्री सेतीदेवी माविका विद्यार्थीलाई स्कुल व्याग तथा आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ ।

‘विद्यालय फर्क’ अभियान अन्तर्गत स्कुलव्याग र शैक्षिक सामाग्री र कक्षा १, ९ र १० का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको फिड नेपालकी अध्यक्ष आयुषा जोन्छेले बताइन ।

संस्थाले यसअघि पनि विभिन्न ठाउँका न्यून आयास्रोत भएका अभिभावकका छोराछोरीलाई शैक्षिक सामाग्री, न्यानो लुगा लगायतका सामाग्री सहयोग गर्दै आएको थियो ।

संस्थाले आगामी माघ महिनादेखि प्रारम्भिक वालविकास (इसिडि)का साना वालवालिकालाई पनि सघाउने अध्यक्ष जोन्छेले बताइन ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com