विश्व बैंकका अध्यक्ष किमद्वारा पदबाट राजीनामा

एजेन्सी, २४ पौष । विश्व बैंकका अध्यक्ष जिम योङ किमले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

५९ वर्षका किमले ६ वर्षदेखि विश्व वैकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । अध्यक्ष किमको राजीनामा फेब्रुअरी १ तारिखदेखि लागू हुने जनाइएको छ ।

बीबीसीका अनुसार राजीनामा दिनुको कारण उल्लेख नगरेको तर राजीनामा आश्चर्यजनक रुपमा आएको जनाएको छ ।

राजीनामा पछि अध्यक्ष किमले अल्पविकशित देशको पूर्वाधार विकासका लागि लगानी जुटाउनेसम्बन्धी काममा संलग्न हुने विश्व बैंकले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com