अमेरिका उडे नायक अनमोल

काठमाडौं, २५ पौष । नायक अनमोल केसी मंगलबार राती अमेरिका उडेका हुन् ।

उनी फिल्म ‘ए मेरो हजुर ३’को गीत छायाँकनका लागि अमेरिका उडेको बताइएको छ । गीतमा नायक अनमोल र नायीका सुहाना रहने भएको छ भने सुहाना केही दिन अघि नै अमेरिका पुगिसकेकी छन् ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाकै मुख्य भुमिका रहेको छ । उक्त फिल्म चैत २९ बाट प्रदर्शनमा आउँने भएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com