मिस तामाङ पोखरा-२०१९ : आइडल लामाको बिशेष प्रस्तुति

काठमाडौँ, २५ पौष । ‘मिस तामाङ पोखरा-२०१९’ यही माघ्-१२ गते हुनगैरहेको कार्यक्रममा नेपाल आइडल पहिलो संस्करणका बिजेता बुद्ध लामा सहभागी हुने भएको छ ।

आइडल लामा सहभागीसगै आफ्नो बिभिन्न प्रस्तुतिहरु लिएर सबै प्रतियोगिहरुको आत्मबल बढाउन तथा श्रोताहरु लाई नचाउन उक्त कार्यक्रममा उनले बिशेष प्रस्तुति दिनेछन् ।

पोखराको सभागृह हलमा हुने उक्त कार्यक्रममा तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ चौथों मिस तामाङ पोखरा–२०१९ आयोजना गर्न लागेको हो ।

मिस तामाङ पोखरा–२०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

यस अघि मिस तामाङ पोखरा २०१८ को उपाधी कबिता योन्जनले जितेकी थिइन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com