सोनाक्षी स्टारर ‘कंलक‘ अप्रिल १९ मा रिलिज

काठमाडौं, २६ पौष । नायिका सोनाक्षी सिंह स्टारर फिल्म कंलक’को बारेमा ट्विटरमा फोटो पोस्ट गर्दै छायांकन सकिएको र आफूलाई भाग्यमानी मानेको बताएकी छिन । मंगलबार  छायांकन सकिएको फिल्म अप्रिल १९ मा रिलिज हुने भएको छ ।

उनले ट्विटमा भनेकी छिन, नयाँ वर्षको सुरुवात र नयाँ चलचित्रको अन्त्य । मेरो लागि ‘कंलक’ सकिएको छ । यो एउटा यस्तो प्रोजेक्ट बन्यो, जसको एक अंश बन्न पाउँदा म निकै म आफूलाई भाग्यमानी ठान्छु । तपाइहरुले हेर्ने समयसम्म म पर्खन सक्दिनँ ।’

अभिषेक वर्मानले निर्देशन गरेको फिल्ममा आलिया भट्ट, वरुण धवन, संजय दत्त, माधुरी दिक्षित, आदित्य राय कपुर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com