हतियारधारी व्यक्तिहरूको आक्रमणमा ४२ जनाको मृत्यु

एजेंसी, २६ पौष ।  सुडानमा हतियारधारी व्यक्तिहरूको आक्रमणमा ४२ जनाको मृत्यु भएको छ ।

गत आइतबार भएको सो घटनामा सुडानको डुचान र कोलाबिलमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको जनाइएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । त्यस्तै अन्य ७८ जना गोठाला घाइते भएको अधिकारीहरूले दिएका छन् ।

उक्त ठाउँमा जातीय हिंसा, बालयौन दुव्र्यवहार लगायतका अन्य हिंसा पनि हुने गरेको बताइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com