आज २९७ औं पृथ्वी जयन्ती : बिभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, २७ पौष । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको आज २९७ औं पृथ्वी जयन्ती उनको योगदान स्मरण गर्दै बिभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

उनको सम्झनामा आज सरकारी तथा गैरसरकारी संघसंस्थाले सिंहदरबारको पश्चिमढोका अगाडि रहेको शाहको शालिकमा माल्यार्पणका साथै अन्य कार्यक्रम गरी मनाउँदै छन् ।

जन्मजयन्तीका अवसरमा दिइँदै आएको सार्वजनिक बिदासमेत सरकारले कटौती गरेको छ । यद्यपि, केही स्थानीय तहहरुले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com