आन्तरिकतर्फ २५ वटासम्म रात्री उडान

काठमाडौं, २७ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ २५ वटासम्म रात्री उडान रात्री उडान गर्ने भएको छ ।

बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् । यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो ।

त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०-१२ वटा उडान रातिकै समयमा हुन थालेको छ । लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो ।

रातिको उडान संख्या बढाएपछि विमानस्थललाई पनि व्यवस्थापनमा सहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com