फ्राइडे रिलिज : वर्षा राउत स्टारर फिल्म ‘चौका दाउ’ प्रदर्शनमा

काठमाडौँ, २७ पौष । फ्राइडे रिलिज अन्तर्गत  आज वर्षा राउत स्टारर फिल्म ‘चौका दाउ’ देशभर प्रदर्शनमा भैरहेको छ ।

हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र ‘चौका दाउ’लाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । चलचित्रमा कथा, संगीत र गायन वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको रहेको छ । मनोज राजभण्डारी र सौर्यजित बासकोटाले निर्माण गरेको फिल्मलाई दीर्घ गुरुङले छायांकन  गरेका हुन् ।

फिल्ममा वर्षा राउत, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रविन्द्र झा, अजश्र ढुँगाना, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com