विराटनगरमा अज्ञात वस्तु विस्फोट : एक बालकको मृत्यु, एक घाइते

विराटनगर, २७ पौष । अज्ञात वस्तु विस्फोट हुँदा विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा एक बालकको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकि छिन् ।

शुक्रबार दिउँसो विस्फोटबाट घाईते बनेका स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटबाट मृत्यु भएको हो ।

विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते छन् । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । विस्फोटको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताईन्छ छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com