घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं, ९ फागुन । काठमाडौं कोटेश्वरबाट प्रहरीलाई घुस दिन एक ट्रक चालक पक्राउ परेका छन् ।

बुधबार राति महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीलाई ना ६ ख ५९४२ नम्बरको ट्रक जाँच गर्ने क्रममा नगद १ सय रूपैयाँ दिन खोज्ने पाँचथर अमरपुर घर भएका ३५ वर्षीय कुलप्रसाद वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रक चालक वाग्लेलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com