घट्यो सुनको मूल्य

काठमाडौं, ९ फागुन । आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ८५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com