बैशाखमा विवाह गर्दै दीपिका र दीवाकर

काठमाडौं, २७ फागुन । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ आउँदो बैशाखमा विवाह बन्धनमा बाधिने भएका छन् ।

इन्गेजमेन्ट र कागजी विवाह गरिसकेका उनीहरु अब हिन्दू परम्परा अनुसार बैशाखमा औपचारिक रुपमा श्रीमान्-श्रीमती बन्ने लागेको हुन ।

स्रोतका अनुसार आउँदो बैशाख विवाहको हुने भए पनि मिति भने पक्का नभइसकेको जनाएको छ । दीपिकाले दीवाकर निर्देशित फिल्म ‘ऐश्वर्य’ बाट डेब्यू गरेकी थिइन् । यही फिल्मको सेटबाट उनीहरु नजिक भएका थिए र फिल्मको छायांकन सकिएपछि उनीहरुले गोप्य रुपमा इन्गेजमेन्ट र कानुनी विवाह गरेका थिए ।

निर्देशक दीवाकर निर्देशित फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com