सडकमै सवारी चालक र सह-चालकको आँखा जाँच

मध्यपहाडी लोकमार्ग र राप्ती लोकमार्गमा सवारी चालकहरुको आँखा चेक गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिम र रुकुम आँखा उपचार केन्द्र सल्लेको आयोजनामा शिविर सञ्चालन गरी आँखा जाँच गरिएको हो ।

सडक दुर्घटना न्यूनिकरणका लागी बाटामै सवारी चालकहरुको आँखा जाँच गरिएकोसाथै शिविरमा बस, ट्रक र ट्रयाक्टरका चालक र सह–चालकहरु गरि १ सय ३५ जनाको आँखा चेक गरिएको प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

शिविरमा चेक गरिएकामध्ये दुई जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने, एक जनामा आंशिक रंग पहिचान गर्न सक्ने र २० जनामा दृष्टिदोष रहेका कारण उनीहरुलाई चस्मा लगाउनुपर्ने सल्लाह दिइएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com