आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौ, २९ फागुन । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार छ ।

आज अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ भने साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ ।

यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ ।

कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७४ पैसा तोकिएको छ । यस्तै, मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३८ पैसा छ ।

यस्तै आज बुधबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०४ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com