बढ्यो सुनको मुल्य

काठमाडौं, २९ फागुन । आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।a

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com