५.२ म्याग्नीच्युडको भूकम्प

एजेन्सी, २९ फागुन । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको छ ।

मौसम सम्बन्धि निकाय अनुसार स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा भूकम्प आएको जनाएको छ

यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको समाचारमा जनाइएको छ ।

भूकम्पबाट प्रभावित भएको यस इलाकालाई शिगा, ओसाका इयोगो र नारा प्रान्तले घेरिएको छ । भूकम्पछि मानवीय र सपत्ती क्षतिको कुनै समाचार प्राप्त नभएको जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com