‘बोले चूडिया’ मा नवाजुद्दीन र मौनी रोय

काठमाडौं, २९ फागुन । अभिनेत्री मौनी रोय नवाज सिद्दीकीसँग ‘बोले चूडिया’ मा मुख्य भूमिकामा देखिने भएकी छिन ।

उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत् फिल्मको बारेमा जानकारी दिएकी छिन । उक्त फिल्म नवाजका भाई शमास सिद्दीकीको निर्देशनमा रहेने भएको छ  ।

फिल्म ‘बोले चूडिया’ मौनीको पाँचौ फिल्म हो । त्यस्तै यो फिल्मपछि मौनी, जोन अब्राहमको फिल्म ‘रोमियो अकबर बल्टर’ र राजकुमार रावको फिल्म ‘मेड इन चाइना’ मा देखिँदैछिन् ।

‘बोले चूडिया’ मा आफ्नो रोलबारे उनी भन्छिन्, ‘सानो शहरकी एक चुलबुले युवतीको भूमिका मेरो छ । म हिन्दी फिल्ममा हिरोइनको रुपमा एक राम्रो रोल निभाउनका लागि निकै उत्साहित छु ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com