विप्लप समूहलाई प्रतिवन्ध लगाउने निर्णय फासिवादी व्यवहार : अध्यक्ष बैद्य

काठमाडौँ, ३० फागुन । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य किरणले विप्लप समूहलाई प्रतिवन्ध लगाउने सरकारको निर्णयलाई फासिवादी व्यवहार भएको बताउनुभएको छ ।

आज बसेको बैठकमा अध्यक्ष बैद्यले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’

रकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com