प्रदेश नंं. १ लाई अपराधमुक्त बनाउने प्रदेश सरकारको सङ्कल्प : मुख्यमन्त्री राई

विराटनगर, ३० फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं. १ लाई अपराधमुक्त बनाउने प्रदेश सरकारले सङ्कल्प लिएको बताउनुभएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा प्रदेश नं १ प्रहरी कार्यालय भवनको आज शिलान्यास तथा सवारी साधन परिचालन शुभारम्भ गर्दै मुख्यमन्त्री राईले जनतालाई ‘प्रहरी हाम्रा साथी हुन्’ अनुभूति दिलाउन प्रहरी सङ्गठनलाई सुदृढ गर्दै लैजाने भन्दै प्रदेशलाई अपराधमुक्त बनाउने प्रदेश सरकारले सङ्कल्प लिएको छ भन्नुभयो ।

उहाँले सुरक्षामा जनताको पहुँच पु¥याउन सुरक्षा निकायलाई साधन र स्रोतले बलियो बनाउनुपर्ने बताउनु भएको छ । उहाँले सुरक्षा निकायलाई समयसापेक्ष बनाउन प्रदेश सरकारले थप साधन र स्रोत उलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रहरी सङ्गठनलाई प्रदेश सरकारले आधुनिकीकरण र समयानुकूल बनाउँदै लैजाने बताउँदै प्रदेश प्रहरीलाई बलियो बनाउन २०० मोटर साइकल र १५ थान पिकअप भ्यान उलब्ध गराइसकेको जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अब कसैले पनि अनाहकमा प्रहरीले दुःख दिएको वा खराब आचरण देखाएको सुन्नु नपर्ने भन्दै प्रहरीलाई दक्ष एवं सक्षम बनाउन प्रदेश सरकारले प्रहरी सङ्गठनमा दिएको योगदानको सराहना गर्नुभयो ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com