समाजलाई अध्ययन गर्न सक्ने जनशक्ति मुलुकका लागि आवश्यक : मुख्यमन्त्री पोखरेल

बुटवल, ३०  फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेलले समाजलाई अध्ययन गर्न सक्ने जनशक्ति मुलुकका लागि आवश्यक रहेको बताउनुभएको छ ।

बुटवलमा जनशक्ति प्रक्षेपण कार्यदल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँले आज आयोजना गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजनासम्बन्धी’ प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले योजनाका आधारमा हुने प्रक्षेपणले विकासमा सघाउ पुग्ने बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले रोजगारसम्बन्धी नीति कस्ता हुन्छन् भन्ने विषयले पनि प्रक्षेपणमा प्रभाव पार्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नीतिमा भएको असन्तुलनले शिक्षामा समेत विकर्षण पैदा भएको छ ।”

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com