मकवानपुरमा ट्रकमाथि आगजनी

मकवानपुर, ३० फागुन । मकवानपुर थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।

गएराति १२ बजे काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

ट्रकका चालकका अनुसार मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको बताएका छन । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।

ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com