प्रतिबन्ध र बम दुवै गलत : नेता जनार्दन

काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकार र विप्लव नेतृत्वको पार्टी नेकपा दुवैको कार्यशैली गलत भएको बताउनुभएको छ ।

शर्माले विप्लव प्रतिबन्धबारे धारणा सार्वजनिक गर्दै आफ्नो सामाजिक सञ्जालमा ट्विट गर्दै भन्नुभएको छ, ‘चाहिएको समाधान हो । संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान । प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन ।’ उहाँले दुवै पक्षलाई संविधानमार्फत पछिल्लो समस्याको निकास निकाल्न आग्रह समेत गर्नुभएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com