फर्मुला वन महासंघका प्रमुख चार्ली ह्वाइटिङको निधन

एजेन्सी, ३० फागुन । फर्मुला वन महासंघ (एफआईए)का प्रमुख चार्ली ह्वाइटिङको ६६ वर्षको उमेरमा निधन भएको छ ।

चार्लीको निधन अष्ट्रेलियाको मेलबर्नमा भएको हो । उनको फोक्सोको समस्याका कारण पछिल्लो पटक पूर्ण रुपमा स्वस्थ थिएनन् । एफआईएका अध्यक्ष जीन टोटले चार्ली फर्मुला वनका लागि एउटा आदर्श ब्यक्ति रहेको बताएका छन् ।

सन् १९९८ मा टेक्निकल डाइरेक्टरका रुपमा एफआइएमा प्रवेश गरेका उनी त्यसपछि चिफ मेकानिक, चिफ इञ्जिनियर हुँदै महासंघको प्रमुख बनेका थिए ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com