घट्यो सुनको मूल्य

काठमाडौं, ३० फागुन । आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी स्थिर रहँदै प्रतितोला ७ सय ४५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com