विप्लव’को संविधान विपरीत गतिविधि, प्रतिबन्ध सरकारको बाध्यता : मन्त्री पण्डित

जनकपुर, ३० फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधान विपरीत गतिविधि गरेकाले उनको संगठनमाथि प्रतिबन्ध लगाएको बताउनुभएको छ ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले कुनै पनि बहानामा अराजक गतिविधि गर्नेले छुट नपाउने बताउनुभयो । अब मुलुकममा शान्ति र विकास चाहिएको उल्लेख गर्दै मन्त्री पण्डितले विप्लवले सरकारसँग वार्ता गर्न समेत नचाहेको बताए । उहाँले भन्नुभयो, ‘न त संविधान विपरीतका गतिविधि त्याग्न चाहे, न त सरकारसँग वार्ता गर्न नै चाहे’ मन्त्री पण्डितले भने, ‘सरकारले बाध्य भएर उनीमाथि प्रतिबन्ध लगाउनुपरेको छ ।’

मन्त्री पण्डितले सिके राउतसँग भएको ११ बुँदे सहमति पालना हुने विश्वास गर्नुभयो । उहाँले भन्नुभयो, ‘सीके राउतले सम्झौताको पालना गर्ने विश्वास छ, गलत गतिविधि गरेमा सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।’

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com