विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु

जेन्सी, ३० फागुन । ब्राजिलको साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

बुधबार स्थानीय समयअनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार हुदा मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ ।

उक्त घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनामा परी घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com