यसरी भर्न सकिन्छ बेरोजगारको फारम

काठमाण्डौ, ११ चैत । सरकारले सञ्चालन गरेको बेरोजगार निवेदन दर्ताको लागी आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ । सरकारले तयार पारेको उक्त फारम सबै वडा कार्यालयमा पाइन्छ ।

रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन पाउँ भन्दै निवेदन पेश गर्नुपर्छ । सरकारले न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगार नागरिकलाई निर्वाह भत्ता दिनेछ ।

बेरोजगारले भर्नुपर्ने निवेदन हेर्नका लागी तलको लिंक क्लिक गर्निहोस :

ammended_anusuchi

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com