हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय हेलिकोप्टर सोसाइटीले मानेन

काठमाडौँ, ११ चैत । नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकोप्टरको एक सिट हटाउने निर्णयलाई हेलिकोप्टर सोसाइटी नेपालले आफूहरुलाई मान्य नभएको भन्दै असन्तुष्टि जनाएका छ ।

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनालगत्तै प्राधिकरणले उक्त निर्णय सबै हेलिकप्टर संचालकसँगको छलफल गरि एएस३५०/एच१२५ मोडलका हेलिकोप्टरले अब ५ जना (पाइलटसहित ६ जना) यात्रु मात्रै यात्रु बोक्न पाउने भनिएको थियो ।

उक्त निर्णयप्रति असन्तुष्ट जनाउदै सोसाइटीले सिट संख्या घटाउँदैमा दुर्घटना रोक्न नसकिने बताएको छ । प्राधिकरणले हेलिकोप्टर व्यवसायी, हेलिकोप्टर सोसाइटी नेपालका उच्चपदाधिकारी र हेलिकोप्टरका क्याप्टेनहरुलाई बोलाएर हालै सिट संख्या बारेमा छलफल गरेको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com