बिप्लब समुहका कोशी ब्युरो संयोजक पुष्कर पक्राउ

काठमाडौँ, ११ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् ।

आइतबार राति काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य समेत रहेका उनलाई पूर्वी क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति काभ्रेबाट चन्द समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरिएको थियो ।

सरकारले प्रतिबन्ध लगाएसँगै चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com