कलाकार गिरीको ‘छ माया छपक्कै’ आउदै

काठमाडौँ, २६ चैत । कलाकार दीपकराज गिरीको नया फिल्म ‘छ माया छपक्कै’ आउने भएको छ ।

सोमवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरेसँगै मंगलवार बिहान कलाकार गिरीले फेसबुकमार्फत् फिल्मको नाम सार्वजनिक गरेका छन् ।

उक्त फिल्म दीपेन्द्र लामाको निर्देशन तथा निर्माता रोहित अधिकारी रहेका छन । आउँदो बैशाख २२ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ भने दशैंमा प्रदर्शनमा आउनेछ । फिल्ममा अहिलेसम्म दीपक र केदार घिमिरे मात्र कलाकारको रुपमा फाइनल भएका छन् ।

अहिले निर्माण टिम फिल्मका लागि लिड अभिनेत्रीको खोजीमा छ । ‘छ माया छपक्कै’ मा दीपक शर्माको संगीत रहनेछ ।

© 2016 अपटुडेट पब्लिकेशन प्रा.लि.
Designed by appharu.com